NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
असरफ घानी, राष्ट्रपति, अफगानीस्तान

असरफ घानी, राष्ट्रपति, अफगानीस्तान


कार्यकालः प्रथम
पार्टीः स्वतन्त्र

बौद्धिक पृष्ठभूमिबाट राष्ट्रपति पदमा आइपुगेका असरफ घानी अफगानीस्तानमा मात्रै नभई विश्वभर नै चर्चित छन् । उनी यही बर्ष अफगानीस्तानको राष्ट्रपति चुनिएका हुन् । चुनावमा उनी स्वतन्त्र उम्मेदवार थिए । यसअघि उनी अर्थमन्त्री र काबुल विश्वबिद्यालयको कुलपतिको जिम्मेवारी सम्हालिसकेका थिए । 
संयुक्त  राष्ट्रसंघ र विश्व बैंकको कर्मचारीको रुपमा २४ बर्ष देशबाहिर बिताएपछि उनी सन् २००१ को अन्तिममा स्वदेश फिरेका थिए । अघिल्लो बर्ष फरेन पोलिसी म्यागेसिनले गरेको सर्वेक्षणमा उनी विश्वका बौद्धिक व्यक्तिको सूचीमा दोस्रो नम्बरमा थिए । उनी सन् २००२ देखि २००४ सम्म अफगानीस्तानको अर्थमन्त्री हु“दा तालिबान सरकारको पालामा तहसनहस अफगानीस्तानको अर्थतन्त्र सुधारेको जस पाएका थिए । 
सन् २००९ को राष्ट्रपतीय निर्वाचनमा उनी चौथो बनेका थिए । हमिद कारजाई विजेता बनेको चिर्वानमा उनी अब्दुल्लाह अब्दुल्लाह र रामजान बसरदोस्तभन्दा पछि रहे । यो बर्षको राष्ट्रपतीय निर्वाचनमा उनले सुरुवाति चरामा ३१ दशमलब ५ प्रतिशत मत ल्याए । अन्तिम चरणको मतमा अब्दुल्लाहलाई परातिज गर्दै घानीले ५५ दशमलब २७ प्रतिशत मत पाए ।
कोलम्बिया युनिभर्सिटीबाट सांस्कृतिक मानवशास्त्रको अध्ययनपछि सन् १९८३ मा उनले यूनिभर्सिटी अफ क्यालिफोर्नियामा पढाए भने सन् १९८३ देखि १९९१ सम्म जोन हप्किन्स यूनिभर्सिटीमा पढाए । उनले सन् १९७३ देखि १९७७ सम्म काबुल यूनिभर्सिटीको प्राध्यापकको रुपमा बिताए । 
सन् १९९१ मा घानीले विश्वबैंकको जागिर सुरु गरेका थिए । विश्वबैंकको कामको सिलसिलामा उनले चीन, भारत र रुसमा ५–५ बर्ष बिताएका थिए । सन् २००१ मा अमेरिकामा भएको आतंककारी हमलालगत्तै उनले विश्वबैंकको जागिर छाडेर उनी मिडियामा टिप्पणीकारको रुपमा संलग्न रहे । लगत्तै अर्को बर्ष उनी संयुक्त राष्ट्रसंघ महासचिवका अफगानीस्तानको लागि विशेष प्रतिनिधि लखदर ब्राहिमीको सहायकको रुपमा काम गर्न थाले ।  उनकै सक्रियतामा अफगानीस्तानमा बोन सम्झौता भएको थियो, जुन सम्झौताकै आधारमा आज अफगानी जनतामा सार्वभौतसत्ता बनेका छन् ।