NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
सुशील कोइराला, प्रधानमन्त्री, नेपाल

सुशील कोइराला, प्रधानमन्त्री, नेपाल

कार्यकालः पहिलो
पार्टीः नेपाली कांग्रेस

दोस्रो संबिधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका सभापति सुशील कोइराला माघ २७ गते नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा व्यवस्थापिका संसदबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरका थिए । उनले प्रधानमन्त्री भएलगत्तै ६ महिनाभित्र स्थानीय निर्वाचन र एक बर्षभित्र संबिधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, राजनीतिक दलबीच विवाद कारण स्थानीय निर्वाचन पर धकेलिएको छ भने संबिधानका विवादित बिषयमा दलहरुबीच सहमति नबन्दा संबिधान निर्माणको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री नियुक्ती भएपछि पहिलो निर्णयको रुपमा उनले मन्त्रिपरिषद्को कार्यालयबाट हुने ५ हजारभन्दा माथिको खर्च विवरण वेवसाइटमार्फत सार्वजनिक गर्ने निर्णयमा हस्ताक्षर गरेर पारदर्शीताको संकेत गरे पनि त्यो प्रभावकारी भएको छैन् ।

दोस्रो संबिधानसभा निर्वाचनमा कुनै दलले स्पष्ट बहुमत नभएपछि कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएको थियो । प्रधानन्त्री कोइरालाले सदनमा सहभागी ५६३ मध्ये ४०५ मत ल्याएका थिए भने उनको विपक्षमा १४८ मत परेको थियो । १२ औं महाधिवेशनबाट कांग्रेस सभापति निर्वाचित भएका उनले कार्यवाहक सभापति र महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका थिए । दलमा सभापति कार्यकाल सकिए पनि विधानत एक बर्ष थप भएर अहिले पनि सभापति कै भूमिकामा पनि छन् ।

०१७ मा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेस“गै सुशीलले राजनीतिक यात्रा थालेका हुन् । राजाको ‘कू’ स“गै भारत निर्वासनमा रहेका बीपी कोइरालाको सहयोगीका कोइरालाले राजनीति सुरु गरेका हुन् । हलिउड हिरो बन्ने सपना बोकेर अमेरिका जाने तयारीमा रहेका कोइराला महेन्द्रको ‘कु’ पछि बीपीको सहयोगीको रुपमा राजनीतिमा सक्रिए बनेका थिए ।

सानो समूहमा रमाउने नेताको रुपमा उनको आलोचना हुने गरेको छ । उनका समर्थकहरुले उनलाई साधारण जीवनशैली भएका नेताको रुपमा व्याख्या गर्ने गरेका छन् । प्रधानमन्त्री नियुक्ती भएपछि आफूसँगै तीन वटा मोबाइल सेट मात्रै भएको भन्दै सम्पति विवरण सार्वजनिक गरेपछि कोइराला विश्वकै गरिब प्रधानमन्त्रीको रुपमा चर्चित बने । प्रधानमन्त्री भएपछि फोक्सोमा देखिएको क्यान्सरबाट पीडित बनेका कोइरालाले दुई पटक अमेरिका पुगेर उपचार गरिसकेका छन् । उनी अहिले क्यान्सरमुक्त हुने चरणमा छन् ।

उनको निस्क्रिय स्वभावको कारण सरकारको गति सुस्त भएको भनेर पटक पटक आलोचना हु“दै आएको छ । पछिल्लो समय मन्त्रिपरिषद्को बैठकबाहेक सिंहदरबारस्थित आफ्नो कार्यालय नजाने गरेको भनेर उनको आलोचना भएको थियो । मन्त्रिपरिषद्का अधिकारी र राजनीतिक दलका नेता कुनै काम परे प्रधानमन्त्री निवास बालुवाटार नै पुग्ने गरेका छन् ।