NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
महेन्दा राजपाक्ष, राष्ट्रपति,  श्रीलंका

महेन्दा राजपाक्ष, राष्ट्रपति, श्रीलंका

महेन्द्रा राजपाक्षे, राष्ट्रपति, श्रीलंका
उमेरः ६९
कार्यकालः दोस्रो 
पार्टीः श्रीलंका फ्रिडम पार्टी

मन्त्री, प्रधानमन्त्रीहुँदै राष्ट्रपतिमा नियुक्त भएका महेन्द्र राजापाक्षे २००५ देखि श्रीलंकाका राष्ट्रपति छन् । पेशाले वकिल राजापाक्षे सन् १९७० मा संसदीय चुनाव जितेर राजनीतिमा होमिएका थिए । उनी सन् २००४ मा श्रीलंकाको प्रधानमन्त्री निर्वाचित भए भने त्यसको ठीक एक बर्षपछि भएको राष्ट्रपतीय निर्वाचनमा सहभागी भएर राष्ट्रपति चुनिए । उनी चार बर्षअघि भएको चुनावमा दोस्रो पटक ६ बर्षको लागि राष्ट्रपति बनेका हुन् ।
श्रीलंकाको दक्षिणी ग्रामीण क्षेत्र हमबान्तोताको वीराकेटियामा जन्मिएका राजापाक्षेको परिवार नै राजनीतिक थियो । उनका बुवा अल्विन राजापाक्षे स्वतन्त्रताका योद्धा हुँदै भूमि तथा कृषि मन्त्री नै भए । उनका काका डीएम राजापाक्षे हाम्बान्तोताका स्टेट काउन्सिर थिए । जसले सन् १९३० को दशकमा आफ्नो क्षेत्रका जनताले लगाउने कोदोको प्रतिनिधित्व गर्न साधारण खैरे खालको गम्छा ओढ्न थाले । त्यसैको प्रेरणामा राजापाक्षे पनि सधैं त्यस्तै रङको गम्छा भिर्छन् ।
थर्सस्टन कलेज कोलम्बोबाट पढाई सकाएपछि राजापाक्षेले केही सिंघाली फिल्ममा सानो भूमिकामा कामसमेत गरे भने विद्योदया विश्वबिद्यालयमा लाइब्रेरी सहायकको रुपमा काम समेत भ्याए ।
बुवाको मृत्युपछि उनको क्षेत्रबाट चुनाव उठेका राजापाक्षे सन् १९७० मा २४ बर्षको उमेरमै सांसद बनेका थिए । सांसद भएपछि उनले कानुन पढेका थिए । उनले आफ्नो संसदीय कार्यकालभर कानुनी व्यवसायलाई कायमै राखेका थिए । सन् १९९४ देखि सन् २००१ सम्म मन्त्री रह“दाबाहेक उनले आफ्नो पेशालाई निरन्तरता दिएका थिए ।