NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान

नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान

नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान
उमेरः ६४
कार्यकालः तेस्रो
पार्टीः पाकिस्तान मुस्लिम लिग

गत बर्ष तेस्रो पटक पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएको नवाज सरिफ पाकिस्तानका सर्वाधिक धनीमध्येका एक हुन् । सफल राजनीतिक र व्यापारीक पृष्ठभूमिका कारण उनलाई पञ्जाबको राजा उपनाम समेत दिइन्छ । उनी सन् १९९० र १९९७ मा समेत प्रधानमन्त्री बनेका थिए । उनी अध्यक्ष रहेको पाकिस्तान मुस्लिम लिगले पछिल्लो चुनावमा बहुमत पाएको थियो ।
उनको पार्टीले २७२ मध्ये ११५ स्थानमा जित हासिल गरेको थियो । सन् १९९९ मा तत्कालीन सैनिक शासक परवेज मुसरफले सरिफलाई सैनिक ‘कू’ गरी हटाएका थिए । सन् १९९९ मा साउदी अरेविया निर्वासित भएका सरिफ सन् २००७ मा स्वदेश फर्किएका हुन् ।

सन् १९८० मा राजनीतिमा प्रवेश गरेका सरिफ १० बर्षपछि नै पाकिस्तानको प्रधानमन्त्री बन्न सफल भए । सन् १९८५ मा उनले प्रदेश सभा र राष्ट्रिय सभामा अत्याधिक बहुमतले जित पाएका थिए । त्यही बर्ष उनी पञ्जाबको मुख्यमन्त्रीमा नियुक्त भए । प्रदेश सभाको विघटनपछि सन् १९८८ मा भएको अर्को निर्वाचनबाट फेरि उनी मुख्यमन्त्री चुनिए । 

सन् १९९० मा बेनेजिर भुट्टो भ्रष्टाचारको आरोपमा राष्ट्रपति गुलाम इस्क खानद्वारा हटाइएपछि सरिफ प्रधानमन्त्री चुनिएका थिए । उनलाई पिन राष्ट्रपति खानले भ्रष्टाचार आरोपमै हटाउने प्रयास गरे पनि सर्वोच्च अदालतको अदालतमा उनको पद जोगिएको थियो ।
दुई तिहाई बहुमतसहित दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएपछि भने उनले राष्ट्रपतिको अधिकार कटौती हुने गरी कानुन संशोधन गरिदिए । दोस्रो पटक पनि बेनजिर भुट्टो भ्रष्टाचारको आरोपमा राष्ट्रपतिबाट बर्खास्त भएपछि उनले राष्ट्रपतिको अधिकार कटौती गरिदिएका थिए ।
उनी दोस्रो पटक प्रधानमन्त्री बनेपछि पाकिस्तानले पहिलो पटक आणविक हतियारको परीक्षण गरेको थियो । छिमेकी भारतले दोस्रो पटक आणविक हतियारको परीक्षण गरेपछि पाकिस्तानले त्यसको जवाफमा आफ्नो हतियारको प्रदर्शन गरेको थियो । आणविक हतियारको परीक्षणपश्चात पश्चिमी देशहरुले सहयोग रोक्का गरेपछि उनले विदेशी मुद्रा सञ्चितीको रणनीति अपनाए तर तै पनि पाकिस्तानको आर्थिक अवस्था विग्रनबाट रोक्न सकेनन् ।
दोस्रो कार्यकालमा सर्वोच्च अदालत र सेनासँगको सम्बन्ध बिग्रिएपछि भने उनको राजनीतिक जीवन ओरालो लाग्यो । उनले सेना प्रमुख जहंगीर करामतलाई हटाएर परवेज मुसरफलाई सन् १९९८ मा सेना प्रमुख नियुक्ती गरे । तर, आफैले नियुक्त गरेको सेना प्रमुखस“गको सम्बन्ध बिग्रिएपछि उनले देशै छाड्नु पर्‍यो ।
सन् २००८ मा पाकिस्तान फर्किएर राजनीतिक सुरु गरेको सरिफको पार्टीले अघिल्लो बर्षको चुनावमा बहुमत पाएको थियो ।