NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
अब्दुल्ला यमिन, राष्ट्रपति, माल्दिभ्स

अब्दुल्ला यमिन, राष्ट्रपति, माल्दिभ्स

कार्यकालः प्रथम
पार्टीः प्राग्रेसिभ पार्टी अफ माल्दिभ्स

अघिल्लो बर्ष माल्दिभ्सको राष्ट्रपति चुनिएको यमिन प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सका नेता हुन् ।  पिपुल्स एलायन्स छाडेर सन् २०१० मा उनले प्रोगेसिभ पार्टी गठनमा सक्रिय बने । त्यसको एक बर्षपछि पार्टी गठन भएको थियो ।
अघिल्लो बर्ष प्रत्यक्ष निर्वाचित प्रणालीबाट उनी राष्ट्रपति चुनिएका हुन् । दोस्रो चरणको निर्वाचनमा मोहम्मद नसिदलाई झिनो मत अन्तरले हराउदै उनी राष्ट्रपति चुनिएका हुन् । 
सन् २०११ मा तत्कालीन राष्ट्रपति मोहम्मद नासिदको राजिनामा माग गर्दै उनलाई सन् २००८ को चुनावमा सहयोग गर्ने पार्टीहरु एक भएपछि माल्दिभ्समा राजनीतिक संकट सुरु भएको थियो । २२ दिनसम्म लगाचार विपक्षीले आन्दोलन गरेपछि तत्कालीन राष्ट्रपति नासिदको राजिना दिए र माल्दिभ्सको संबिधान अनुसार उपराष्ट्रपति मोहम्मद वासिद हसन राष्ट्रपति नियुक्त भए । राजिनामा दिएलगत्तै आफूलाई हसनले षड्यन्त्रपूर्वक हटाएको भन्दै नासिदको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीले निर्वाचनको माग गर्दै आन्दोलन सुरु गर्यो । हसनको पार्टीको देशभर प्रदर्शनपछि नव नियुृक्त राष्ट्रपति हसनले सन् २०१३ जुलाईमा चुनाव मिति घोषणा गरेका थिए । 
माल्दिभ्सको सांसदमा लगाचार चार पटक निर्वाचित उनी यसअघि माच्चाङ्गोल्हीमा उनले वार्ड प्रमुख बनेर लामो समय बिताए । यमिन वार्ड प्रमुख हुँदा माच्चाङ्गोल्ही गुणस्तरीय शिक्षाको लागि सांस्कृतिक कार्यक्रम गर्ने ठाउ“को रुपमा चर्चित बन्यो । उनी प्रोग्रेसिभ पार्टीको संसदीय समूहका प्रमुख पनि हुन् ।