NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
छिरिङ तोब्गे, प्रधानमन्त्री, भुटान

छिरिङ तोब्गे, प्रधानमन्त्री, भुटान

कार्यकालः प्रथम
पार्टीः पिपुल्स डेमोक्रेटिक पार्टी

भुटानको पिपुल्स डेमोक्रेटिक पार्टीका नेता छिरिङ टोब्गे अघिल्लो बर्ष प्रधानमन्त्रीमा चुनिएका हुन् । यसअघि उनी भुटानी संसदमा सन् २००८ देखि २०१३ सम्म विपक्षी नेता थिए । उनी अमेरिकाको यूनिभर्सिटीको पिट्सुवर्गबाट  सन् १९९० मा मेकानिकल इन्जिनियरिङमा व्याचलर गरेका तोब्गे डेमोक्रेटिक पार्टीका सहसंस्थापक हुन् । उनले हावार्ड यूनिभर्सिटीबाट जनप्रशासनमा स्नाकोत्तर गरेका छन् । 
उनको माध्यमिक शिक्षा भारतको दार्जिलिङस्थित डा. ग्राहम्स होम्स स्कुलबाट भएको थियो । उनी राजनीतिमा आउनुअघि भुटानको सरकारी कर्मचारी थिए । उनले सन् १९९१ मा भुटानको शिक्षा मन्त्रालयअन्तर्गत काम थालेका थिए । उनले सन् २००३ देखि २००७ सम्म श्रम तथा मानव स्रोत मन्त्रालयअन्तर्गत निर्देशक पदमा थिए ।