NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
सेख हसिना, प्रधानमन्त्री, बंगलादेश

सेख हसिना, प्रधानमन्त्री, बंगलादेश

कार्यकालः तेस्रो
पार्टीः अवामी लिग
बंगलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी जेठी छोरी ६७ वर्षीय सेख हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री छन् । उनी बंगलादेशको प्रधानमन्त्री भएको यो तेस्रो पटक हो । उनले यसअघि सन् १९९६ देखि २००१ सम्म पनि बंगलादेशको प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालीसकेकी थिइन् । उनी सन् १९८१ देखि बंगलादेश अवामी लिगको सर्वोच्च पदमा छिन् । हसिना आणविक बैज्ञानिक हाजेद मियाकी पत्नीसमेत हुन् ।
सन् २००४ मा विपक्षी नेता रहदा उनलाई हत्या गर्ने असफल प्रयास भएको थियो । सन् २००४ मा ढाकामा भएको अवामी लिगको आमसभामा ग्रिनेट आक्रमणमा नेतासहित २१ जनाको मृत्यु भएको थियो । उनी सन् २००१ देखि ७ बर्ष विपक्षी नेताको रुपमा सक्रिए थिइन्  ।
सन् २००६ मा बंगलादेशको तत्कालीन केयर टेकर सरकारले हत्या र भ्रष्टाचारको आरोप लगाउदै उनलाई गिरफ्तार गरेको थियो । सन् २००६ मा बंगलादेश नेशनल पार्टीको सरकारको कार्यकाल सकिएपछि चुनावको लागि राष्ट्रपतिले केयर टेकर सरकार गठन गरेका थिए । सन् २००१ मा गठित बंगलादेश नेशनल पार्टीको पदावधी सकिएपछि गठन गरिएको केयर टेकर सरकारको नेतृत्वको बिषयमा भएको हिंसामा ४० जना मारिएका थिए । अवामी लिगको नेतृत्वमा आन्दोलन भएको थियो । 
सन् २००८ मा भएको आम निर्वाचनमा उनको पार्टी अवामी लिगले दुई तिहाई बहुमत पाएपछि भने उनी पुन प्रधानमन्त्रीको कुर्सीमा बहाली भइन । यो बर्ष बंगलादेशमा भएको संसदीय निर्वाचनमा उनको पार्टीले पुनः बहुमत पाएछि भने उनी तेस्रो पटक बंगलादेशको प्रधानमन्त्रीको रुपमा शासन चलाइरहेकी छन् ।
फोब्र्सले तयार पारेको विश्वका एकसय महिलानाको सूचीमा हसिनाको स्थान ४७ औं छ । उनी काउन्सिल अफ वुमन वल्र्ड लिडरकी सदस्य पनि हुन् । सन् १९६८ उनको वैज्ञानिक हाजेद मियाकी पत्नीस“ग विवाह गरेकी थिइन् । मियाको ५ अघि मृत्यु भएको थियो । 
बंगलादेश नेशनल पार्टी अध्यक्ष खलिदा जियालाई हसिनाको राजनीतिक प्रतिस्पर्धी मानिन्छन् । दुवै देशका प्रमुख पार्टीका प्रमुख हुन् । जिया नेशन पार्टीका संस्थापक अध्यक्ष जियुर रहमानकी पत्नी हुन् । जसको सन् १९८१ मा हत्या भएको थियो ।