NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles

१८ औं सार्क सम्मेलन

Nepali Congress leader Sujata Koirala accompanying the first ladies in the tour.
27th November, 2014 10:22
The first ladies from the Saarc member nations, along with other dignitaries, are taking a tour of Bhaktapur.
27th November, 2014 10:21
Saarc VVIPs airlifted to Dhulikhel. All leaders, except Indian PM Narendra Modi, were flown by Nepal Army chopper. Modi flied in an Indian Air Force helicopter which was brought with Modi.
27th November, 2014 10:20
Two helipads have been built as well as repair and maintenance works of Dhulikhel Bus Park to Gaukhareshwor Temple have also been carried out as part of the preparations for the retreat.
27th November, 2014 08:55
The heads of state and government are expected to reach the Dwarika Resort in Dhulikhel by 10 am. Traffic along the route has been brought to a standstill.
27th November, 2014 08:52
The heads of state and government will be airlifed on an alphabetical order: Afghanistan, Bangladesh, Bhutan, India, Maldives, Pakistan and Sri Lanka
27th November, 2014 08:50
Nepali Prime Minister Sushil Koirala will be the first to reach Dhulikhel. He will welcome other heads of state and government.
27th November, 2014 08:49
Heads of state and government are heading towards Dhulikhel.
27th November, 2014 08:47
The VVIPs are headed to Hotel Soaltee from the summit venue.
26th November, 2014 13:18
Heads of state and government are now exiting the Saarc summit venue.
26th November, 2014 13:10
The inauguration session of Saarc has completed.
26th November, 2014 12:58
Observers from different countries and organisation have completed the address in Saarc summit.
26th November, 2014 12:57
Maldives President Abdulla Yameen begins his speech and thanks Nepali government for excellant arrangements made for the summit.
26th November, 2014 11:34
Let us turn South Asia into a rich field of peace and prosperity: Modi
26th November, 2014 11:31
When we join our hands, our paths becomes easier, destination becomes closer: Modi
26th November, 2014 11:31
We should also connect ourselves more by air: Modi
26th November, 2014 11:23
I also believe that if we can light up each other's towns & villages, we can build a brighter tomorrow for our region: Modi
26th November, 2014 11:22
India will provide 3-4 years business visas to citizens of Saarc member countries: Modi
26th November, 2014 11:21
It is still harder to travel within our region than to Bangkok or Singapore and more expensive to speak to each other: Modi
26th November, 2014 11:15
Indian PM Narendra Modi begins his speech. Immediately expresses his delight to return to Nepal and thanks for warm hospitality.
26th November, 2014 11:11
Bhutan's Prime Minister Tshering Tobgay starts his speech in the Saarc summit.
26th November, 2014 10:55
Hasina also thanks Nepal government and Nepali people for the warm hospitality she received upon her arrival in Kathmandu
26th November, 2014 10:42
Bangladeshi PM Sheikh Hasina begins her speech. Expresses her delight to be in the beautiful valley of Kathmandu for the summit.
26th November, 2014 10:41
Afghan President Ashraf Ghani Ahmadzai now begins his speech.
26th November, 2014 10:28
Sri Lankan President Mahinda Rajapaksa starts his address. He stresses on the need to address the issues of climate change in the region.
26th November, 2014 10:20
We must recognize the need to empower youth and foster relation between Saarc countries:Rajapaksa
26th November, 2014 10:19
Sharif also expresses Islamabad’s readiness to host the 19th summit.
26th November, 2014 10:10
Pakistani Prime Minister Nawaz Sharif now addressing the summit. He thanks Nepal government and Nepali people for the hospitality.
26th November, 2014 10:00
After completing his speech, Koirala now chairs the summit upon Maldives President Yameen’s request.
26th November, 2014 09:54
Nepali PM Sushil Koirala inaugurates the summit. He starts his inauguration speech.
26th November, 2014 09:36
Maldives President Abdulla Yameen chairs the summit.
26th November, 2014 09:32
The national anthem of Nepal is being played in City Hall.
26th November, 2014 09:30
सार्क सम्मेलनको समाप्ति संगै हाम्रो लाइभ टेक्स्ट अपडेट पनि यही समाप्त भएको जानकारी गराउँदछौं ।
27th November, 2014 18:35
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाव सरिफले हात मिलाएपछि सबैले सार्क सम्मेलनलाई यसले छाया पार्यो । अहिले यसैको धेरै चर्चा भइरहेको छ ।
27th November, 2014 17:24
सार्क सरकार प्रमुखहरु राष्ट्रिय सभागृहबाट बाहिरिंदै । उनीहरु अब राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
27th November, 2014 17:01
सार्क राष्ट्रका सरकार प्रमुखहरु राष्ट्रिय सभा गृहमा सामूहिक फोटो खिचाउदै छन् ।
27th November, 2014 16:55
प्रधानमन्त्री सुशील कोइरालाले १८ औं सार्क सम्मेलन समापन भएको घोषणा गरे ।
27th November, 2014 16:55
धन्यवाद मन्तव्य व्यक्त गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्क राष्ट्रका समस्या समाधानको लागि व्यवहारिक प्रक्रिया खोजिनुपर्ने बताए ।
27th November, 2014 16:53
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ धन्यवाद ज्ञापन गर्दै ।
27th November, 2014 16:51
प्रधानमन्त्री सुशील कोइरालाले सार्क सम्मेलन सफल पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आफ्नो मन्तव्य टुंग्याएका छन् ।
27th November, 2014 16:50
धेरै देशहरुको सार्कमा सहभागी हुने चाहना सार्क सफल हुनुकको परिचयक हो ।
27th November, 2014 16:46
काठमाडौं घोषणापत्रले यस क्षेत्रको शान्ति र समृद्धिलाई सघाउ पुर्‍याउने प्रधानमन्त्री कोइरालाको भनाई ।
27th November, 2014 16:44
प्रधानमन्त्री सुशील कोइराला १८ औं सार्क शिखर सम्मेलनको समापन समारोहमा मन्तव्य व्यक्त गर्दै ।
27th November, 2014 16:42
१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा गरिने ।
27th November, 2014 16:40
ऊर्जा र विद्युत विकासमा सहकार्यको लागि सार्क फ्रेमवर्कमा हस्ताक्षर सकियो । सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुले हस्ताक्षर गरे ।
27th November, 2014 16:39
क्षेत्रिय सहकार्यको सार्क फ्रेमवर्कमा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गर्दै ।
27th November, 2014 16:32
आज सार्क घोषणापत्र जारी गरेर सार्क समापन भएको घोषणा गरिनेछ ।
27th November, 2014 16:30
अबको केही बेरमै प्रधानमन्त्री सुशील कोइरालाले समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ ।
27th November, 2014 16:30
समारोह स्थलमा नेपालको राष्ट्रिय धुन बजाइएको छ ।
27th November, 2014 16:29
सार्कका सबै राष्ट्र/सरकार प्रमुखहरुलाई हलले तालि बजाएर स्वागत गरेका छन् । सबैले आअाफ्नो सीमा बसेका छन् । समापन समारोह सुरु ।
27th November, 2014 16:29
सम्मेलनस्थल राष्ट्रिय सभा गृहको मञ्चमा सबै सरकार प्रमुख उपस्थित छन् ।
27th November, 2014 16:29
सार्क शिखर सम्मेलनको समापन समारोह सुरु भएको छ ।
27th November, 2014 16:28
सबै सार्क नेताहरु राष्ट्रिय सभागृह पुगेका छन् । अव केही समयमै समापन समारोह सुरु हुनेछ ।
27th November, 2014 16:23
धूलिखेलको द्वारिकाज रिसोर्टमा रिट्रिटका लागि गएका सार्क राष्ट्रका सबै कार्यकारी प्रमुखहरु राष्ट्रिय सभागृहमा आएका छन् । केहीबेरमै सार्क सम्मेलनको समापन समारोह सुरु हुँदैछ ।
27th November, 2014 16:21
सार्क नेताहरु राष्ट्रिय सभागृह पुग्ने क्रम जारी छ । श्रीलंकका राष्ट्रपति महिन्दा राजपाक्ष र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनको पर्खाई भइरहेको छ । अन्य पाहुनाहरु सभाहलमा उपस्थित भइसकेका छन् ।
27th November, 2014 16:08
धूलिखेलको द्वारिकाज रिसोर्टमा रिट्रिटका लागि गएका सार्क राष्ट्रका कार्यकारी प्रमुखहरु राष्ट्रिय सभागृहमा पुग्नेक्रम जारी छ । सभागृहमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र शिष्टाचार महापालले स्वागत गरिरहेका छन् ।
27th November, 2014 15:50
श्रींलका, पाकिस्तान र भूटानका सरकार राष्ट्र प्रमुख पनि काठमाडौं फर्किए ।
27th November, 2014 15:44
सार्क सम्मेलनको समापन समारोह दिउँसो ४ बजे सुरु हुनेछ । साँझ ५ बजेबाट राष्ट्रपतिले आयोजना गरेको रात्रिभोज सुरु हुनेछ । यसअघि साँझ ६ बजेदेखि रात्रिभोज हुने भनिएपनि भारतीय प्रधानमन्त्री आजै फर्कने भएकाले एक घण्टा अघि सारिएको हो ।
27th November, 2014 15:33
१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने ।
27th November, 2014 15:04
घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहित घोषण हुन लागेको ३६ बुँदामा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने लगायत सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउने जस्ता विषयहरु छन् ।
27th November, 2014 15:02
सार्कको ३६ बुँदे घोषणापत्र तयार । जारी हुन मात्र बाँकी ।
27th November, 2014 15:02
रिट्रिटबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि काठमाडौं फर्केका छन् ।
27th November, 2014 14:47
एयरपोर्टदेखि राष्ट्रिय सभागृहसम्मको बाटो पूर्ण रुपमा बन्द गरिएको छ । सवारीवालाहरुले बैकल्पिक बाटो रोज्नु राम्रो ।
27th November, 2014 14:43
रिट्रिट सकेर प्रधानमन्त्री कोइराला फर्किसकेका छन् । भारतीय विदेश मन्त्रालयका प्रबक्ताले मोदी काठमाडौं फर्कन हेलिकप्टर चढ्न लागेको तस्विर ट्वीटरमा पोष्ट गरेका छन् ।
27th November, 2014 14:42
रिट्रिटमा सहभागी सार्क राष्ट्र/सरकार प्रमुखहरुको लञ्च धूलिखेलस्थित द्वारिका रिसोर्टमा भएको छ । लञ्चलगत्तै प्रधानमन्त्री सुशील कोइराला काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
27th November, 2014 13:48
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी नवाव सरिफबीच अनौपचारिक कुराकानी भएको छ । यद्यपी दुई पक्षीय कुराकानी हुन सकेको छैन । नेताहरुबीचको कुराकानीमा दुवैबीच कुराकानी भएको हो ।
27th November, 2014 13:37
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच 'अनौपचारिक' कुराकानी भएको छ । -
27th November, 2014 13:21
कार्यक्रम अनुसार प्रधानमन्त्री सुशील कोइराला लगायतका नेपाली टोलीले २ बज्नु अगावै धुलिखेलस्थित रिसोर्ट छाड्ने छन् भने २ बजेपछि अन्य नेता तथा प्रतिनिधि मण्डलले पनि धुलिखेल छाड्ने छन् ।
27th November, 2014 12:53
रिट्रिटका क्रममा धुलिखेल पुगेका सार्क नेताहरुको अनौपचारिक छलफल र फोटो सेसन सकिएको छ । दिवा भोजमा सरिक भइसकेका छन् । कार्यक्रम अनुसार साँढे १ बजेसम्म दिवा भोजको समय रहेको छ । केही बेर आ-आफ्ना स्वीटमा आराम गर्ने छन् ।
27th November, 2014 12:50
भक्तपुर भ्रमणमा गएका प्रथम महिलाहरु काठमाडौं फर्केका छन् । बिहान साढे ९ बजे आफू बसेको होटल सोल्टी क्राउन प्लाजाबाट निस्केका उनीहरु दिउँसो साढे १२ बजे पुनः होटल फर्किएका छन् ।
27th November, 2014 12:13
भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्री बुधबार रातिको रात्रीभोज र बिहीबार बिहानको रिट्रिटमा संगसंगै देखिएपनि दुईबीच अझै सोझो बोलचाल भएको छैन ।
27th November, 2014 11:30
धुलिखेलको द्वारिकाज होटमा रिट्रिटका लागि पुगेका सार्क देशका राष्ट्र/सरकार प्रमुखहरुको सामूहिक फोटो सेसन र अनौपचारिक गफ गाफको क्रम जारी ।
27th November, 2014 11:03
स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको आँखामा समस्या देखिएकोले उनी बिहानको निर्धारित समयमा रिट्रिटका लागि धुलिखेल नगएको । तर, अपरान्ह १२ बजेतिर जानसक्ने सम्भावना ।
27th November, 2014 10:51
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना नआएको एसपी सिंहद्वारा जानकारी । स्वास्थ्यमा सामान्य समस्याका कारण उनी सोल्टी होटलमै आराम गर्दै ।
27th November, 2014 10:42
काभ्रेका एसपी पूजा सिंहका अनुसार सार्क देशका राष्ट्र/सरकार प्रमुखहरु रिट्रिटका लागि धुलिखेल पुगिसकेका छन् ।
27th November, 2014 10:40
स्वास्थ्यमा सामान्य समस्याका कारण बंगलादेशकी प्रधानमन्त्री शेष हसिना रिट्रिटका लागि धुलिखेल गइनन् ।
27th November, 2014 10:34
१८ औं सार्क शिखर सम्मेलनमा काठमाडौं आएका सरकार प्रमुखका 'प्रथम महिला' हरू भक्तपुर भ्रमणमा ।
27th November, 2014 10:13
सबै सार्क नेताहरु विमानस्थल पुगि सकेकाले सोल्टीमोडदेखि एयरपोर्ट सम्म बन्द गरिएको सडक खुलेको छ ।
27th November, 2014 10:10
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाटै ल्याइएको भारतीय वायु सेनाको हेलिकप्टरबाट धुलिखेल जाँदै । अन्य राष्ट्र/सरकार प्रमुखहरु नेपाली सेनाको पुमा हेलिकप्टरबाट धुलिखेलका लागि क्रमशः प्रस्थान गर्दै।
27th November, 2014 09:31
रिट्रिटका लागि सार्कका राष्ट्र/सरकार प्रमुखहरु क्रमशः धुलिखेलको द्वारिका रिसोर्टमा पुग्ने क्रम सुरु । सुरुमा प्रधानमन्त्री सुशील कोइराला पुगेका छन् ।
27th November, 2014 09:29
अंग्रेजी अल्फाबेट अनुसार क्रमशः अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका राष्ट्र/सरकार प्रमुखहरु धुलिखेल जान पालै पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने क्रम सुरु ।
27th November, 2014 08:40
सार्क राष्ट्रका सरकार प्रमुखहरु होटल सोल्टीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रम सुरु हुँदै । सडकमा सुरक्षा व्यवस्थामा कडाई, नेपाली सेनाले हेलिकप्टरबाट पनि गश्ती गर्दै ।
27th November, 2014 08:18
रिट्रिटको क्रममा धुलिखेलमै अहिलेसम्म हुन नसकेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच द्विपक्षीय वार्ता हुनसक्ने अड्कल ।
27th November, 2014 08:11
रेल-वे, ऊर्जा र यातायातमा हालसम्म नभएको सम्झौता 'रिट्रिट' मा हुन सक्ने सम्भावना ।
27th November, 2014 08:09
नेपालका प्रधानमन्त्री सुशील कोइराला सुरुमै धुलिखेल पुग्ने । त्यहाँ सबैलाई कोइरालाले स्वागत गर्नेछन् ।
27th November, 2014 08:07
सरकार प्रमुखहरू करिब १० बजेसम्म धुलिखेलस्थित द्वारिका रिसोर्टमा पुगिसक्ने कार्यक्रम ।
27th November, 2014 08:04
अंग्रेजी अल्फाबेटअनुसार देशका प्रमुखहरूलाई बिहान ८:१५ बजेदेखि एयरपोर्ट अतिविशिष्ट कक्षमा र त्यसपछि नेपाली सेनाको 'सुपर कोमा' हेलिकप्टरमा राखेर रिसोर्टमा लगिने ।
27th November, 2014 08:03
राष्ट्र/सरकार प्रमुखहरु बिहान ८: १५ मा धुलिखेल जाने भएपछि सुरक्षाकर्मी होटल सोल्टी देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्मको बाटो खाली गराउँदै ।
27th November, 2014 08:01
राष्ट्र तथा सरकार प्रमुखहरु 'रिट्रट'का लागि धुलिखेल जाने तयारी ।
27th November, 2014 07:59
साइडलाइन वार्ता सकिएपछि सार्क राष्ट्रका सरकार प्रमुखहरु रात्रिभोजको तयारीमा छन् । आज सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिएको छ ।
26th November, 2014 17:41
सोल्टी होटलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गाबीच छुट्टाछुट्टै भेट वार्ता भएको छ । भेट भएको छ ।
26th November, 2014 17:09
सोल्टी होटलको मूल भवनमा सार्क सरकार प्रमुखहरुबीचको साइडलाइन वार्ता सकिएको छ ।
26th November, 2014 17:01
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधामन्त्री शेख हसिनाबीचको दुई पक्षीय भेटवार्ता सम्पन्न ।
26th November, 2014 16:30
सोल्टी होटल ठूलो संख्यामा विदेशी सञ्चारकर्मीको भिड । उनीहरुले त्यहाँबाट आफ्नो सञ्चार माध्यममा प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
26th November, 2014 16:09
भटानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसंगको भेटको सरहना गरेका छन् । यही जनवरीमा गुजरात भ्रमणका लागि उनले निम्तो पाएका छन् ।
26th November, 2014 15:40
भारतीय प्रधानमन्त्री र भूटानी प्रधानमन्त्रीबीच भेटवार्ता सम्मपन्न ।
26th November, 2014 15:30
सार्क शिखर सम्मेलनमा भाग लिन आएका राष्ट्र/सरकार प्रमुखरुबीच साइटलाइन वार्ता हुँदै ।
26th November, 2014 14:30
सार्कको उद्घाटन सत्र समारोह समापन ।
26th November, 2014 12:55
सार्क राष्ट्रको उद्देश्य पूर्तिको लागि यूरोपियन युनियनको सहयोग रहनेछ ।
26th November, 2014 12:47
यूरोपियन यूनियन पर्यवेक्षक टोली प्रमुख रेन्स्जे तेरिन्कको मन्तव्य जारी ।
26th November, 2014 12:44
सार्कलाई खुला क्षेत्रिय व्यापार केन्द्र बनाउने योजनाको अमेरिका समर्थन गर्छ ।
26th November, 2014 12:41
सार्क क्षेत्रका लागि अमेरिकी सहयोग निरन्तर रहने छ ।
26th November, 2014 12:40
दक्षिण एसियाका सबै देशमा प्रजातन्त्र कायम छ र पछिल्ला १८ महिनामा सबै देशमा निर्वाचन भएको छ : निसा देसाई
26th November, 2014 12:39
अमेरिका पर्यटवेक्षक टोली प्रमुख निसा देसाई विश्वास मन्तव्य व्यक्त गर्दै ।
26th November, 2014 12:37
वातावरण संरक्षण, गरिबी उन्मुलन, कृषि, ऊर्जा विकास र आतंकवाद न्यूनीकरणको लागि काम गर्न म्यानमारको आग्रह ।
26th November, 2014 12:36
आसियान र सार्कबीच सम्बन्ध विस्तारको लागि म्यानमारको जोड ।
26th November, 2014 12:35
दक्षिण कोरियाली पर्यवेक्षकको सम्बोधन जारी छ ।
26th November, 2014 12:23
जापानी विदेश मन्त्रीको सन्देश जापानी राजदूतले पढेर सुनाउँदै ।
26th November, 2014 12:20
कोरियाली उपविदेशमन्त्री मन्तव्य राख्दै ।
26th November, 2014 12:20
सार्क राष्ट्रलाई ऊर्जा विकासमा सहघाउन इरान तयार : अब्बास अखाउन्डी
26th November, 2014 12:12
सबै पर्यवेक्षक देशका प्रतिनिधि मण्डलका प्रमुखहलाई ५ मिनेटको समय दिइएको छ ।
26th November, 2014 12:10
सार्क राष्ट्रहरुसँग सहकार्यको लागि चीन तयार छ - चिनियाँ उप विदेशमन्त्री
26th November, 2014 12:08
इरानी मन्त्रीले पर्यवेक्षकका रुपमा मन्त्यव राख्दै छन् ।
26th November, 2014 12:00
चिनियाँ डेपुटी विदेश मन्त्रीले पर्यवेक्षकको तर्फबाट धारणा राखिरहेका छन् ।
26th November, 2014 11:59
पर्यवेक्षकहरुले सम्बोधन सुरु गरेका छन् । अष्ट्रेलियाली पर्यवेक्षकले सम्बोधन गरे ।
26th November, 2014 11:53
सार्क महासचिव अर्जुनबहादुर थापा मन्तव्य सकेेका छन् । उनले सार्क सचिवालयले गरेका गतिविधिबारे संक्षिप्त प्रकाश पारेका छन् ।
26th November, 2014 11:52
सार्क महासचिव अर्जुनबहादुर थापा मन्तव्य दिंदै ।
26th November, 2014 11:44
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले मन्तव्य सकाए । सार्क सरकार प्रमुखहरुको मन्तव्य दिने क्रम सकियो ।
26th November, 2014 11:44
स्पेस सुरक्षा र आर्थिक दीगोपना हाम्रो चुनौति हो ।
26th November, 2014 11:41
जनसंख्याको लागि हाम्रो क्षेत्र विश्वमै महत्वपूर्ण भए पनि सामूहिक आवाजको अभावमा हामी सुनिएका छैनौं । जलवायू परिवर्तनको हिसाबले हाम्रो क्षेत्र महत्वपूर्ण छ ।
26th November, 2014 11:40
क्षेत्रिय गरिबी उन्मुलनको व्यापार आवश्यक छ । आपसी विश्वास बिना व्यापार टिक्न सक्दैन ।
26th November, 2014 11:38
हामी हाम्रो उद्देश्य समीक्षा गरौं ।
26th November, 2014 11:37
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन मन्तव्य दिंदै ।
26th November, 2014 11:32
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्तव्य सकियो ।
26th November, 2014 11:31
हामी हाम्रो शंकालाई आशामा बदलौं ।
26th November, 2014 11:31
हामीले क्षेत्रिय व्यापार, लगानी, सहयोग, सहकाय, सम्पर्क र सञ्जालमा जोड दिनुपर्छ ।
26th November, 2014 11:29
हामी एक अर्काको सुरक्षामा सतर्क भयौं भने हाम्रो देशको नागरिकहरुले सुखको सास फेर्न पाउछन् ।
26th November, 2014 11:28
वातावरणीय क्षति व्यवस्थापनको लागि भारतको सीप क्षेत्रिय देशको लागि सधैं उपलब्ध रहनेछ ।
26th November, 2014 11:27
सार्क देशको शिक्षा, प्रविधि र मौसम पूर्वानुमानको लागि भारत आफ्नो स्याटेलाइट साझेदारी गर्न तयार छ ।
26th November, 2014 11:26
टीबी र एचआईभीको लागि क्षेत्रियरुपमा काम गर्न भारत तयार छ । भारतमा उपचार गर्न आउने क्षेत्रिय देशका नागरिकलाई तत्काल मेडिकल भिसा दिन भारत तयार छ ।
26th November, 2014 11:26
अन्तरदेशीय सम्बन्धहरु बढाउन रेल र रोड आवश्यक छ । क्षेत्रिय देशहरुको पर्यटन उद्योग बढाउनु आवश्यक छ । जसको लागि हामीले हाम्रो प्राकृतिक स्रोतलाई उपभोग गर्न सक्छौं ।
26th November, 2014 11:23
जलविद्युतको व्यापारको लागि भारत क्षेत्रिय देशहरुलाई सघाउन तयार छ ।
26th November, 2014 11:22
सार्कदेशसँग भारतले धेरै व्यापार नाफा कमाउछ । तर मलाई थाहा छ यो राम्रो पनि होइन र दीगो पनि होइन् ।
26th November, 2014 11:21
भारतले सार्क देशका नागरिकलाई ३-४ बर्षको लागि व्यापार भिसा दिन्छ ।
26th November, 2014 11:20
मैले सडकबाट नेपाल भित्रिन्छु भन्दा धेरै भारतीय अधिकारीको सात्तो गयो किनकी बाटो राम्रो थिएन ।
26th November, 2014 11:19
व्यापारको लागि हामीले सोझो बाटो बनाउनुपर्छ । यो क्षेत्रका धेरै सामानले आफ्नो उपभोक्तासम्म पुग्नको लागि भारतलाई परिक्रमा गर्नुपर्छ जसले मूल्य महंगिएको छ ।
26th November, 2014 11:19
हाम्रा जनताले सोचेको जसरी काम गर्न सार्क असफल छ ।
26th November, 2014 11:17
सार्कको कुरा गर्दा जहिल्यै शंकालु कुराहरु आउछन् । जसले गर्दा यो क्षेत्रको युवाहरुको आशा बन्द गरिदिन्छ ।
26th November, 2014 11:15
भारतीय कम्पनीले विश्वभर अर्बौ लगानी गरेका छन् तर यो क्षेत्रमा गरेको लगानी निकै कम छ ।
26th November, 2014 11:14
पछिल्लो समय विश्व भ्रमण गर्दा मेले व्यापार र सहकार्यका लागि धेरै सम्झौता भएको देखेको छु । सीमा विकासको बाधक हो ।
26th November, 2014 11:11
भारतको भविष्यका क्षेत्रिय देशहरुको पनि भविष्य होस् भन्ने मेरो चाहना छ ।
26th November, 2014 11:09
नेपाल फेरि आउन पाएकोमा खुशी छु । यो मेरो पहिलो सार्क सम्मेलन हो तर मैले तपाईंहरुलाई संगै भेटेको यो दोस्रो पटक हो ।
26th November, 2014 11:08
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनमा सम्बोधन गर्दै ।
26th November, 2014 11:07
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले मन्तव्य सकाए ।
26th November, 2014 11:06
गरिबी लगायत सामाजिक समस्या समाधानको लागि अन्तरदेशीय रेल र सडक मार्गमा जोड दिनुपर्छ । ऊर्जाको लागि सबै सरकारले काम गर्नुपर्छ । आतंकवाद हाम्रो जनताको सुरक्षा र शान्तिको लागि चुनौति हुन् ।
26th November, 2014 11:06
जलवायू परिवर्तनको क्षेत्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न हामी तयार हुनुपर्छ ।
26th November, 2014 11:01
जलवायू परिवर्तनले भुटानमा असर पार्न थालिसकेको छ । हिउँ पर्ने क्रम कम भएको छ भने हिमालहरु पग्लिने क्रम बढेको छ जसले पानीको सतह बढाएको छ ।
26th November, 2014 11:00
वातावरणमैत्री नीति बनाएका छौं । देशको १६ प्रतिशत वनको लागि छुट्याएका छौ । कार्वन उत्सर्जन शून्यमा झार्ने बाटोमा छौं ।
26th November, 2014 10:59
बुद्धभूमी नेपाल भुटानी जनताको लागि आस्थाको केन्द्र हो ।
26th November, 2014 10:55
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे मन्तव्य दिंदै ।
26th November, 2014 10:54
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो मन्तव्य सकेकी छन् ।
26th November, 2014 10:54
जलवायू परिवर्तन बंगलादेशको प्रमुख चुनौति हो । यसको असरबाट बच्न जलवायू परिवर्तन रणनीति बनाएका छौं ।
26th November, 2014 10:48
दक्षिण एसियामामा शिक्षाका क्षेत्रमा धेरै गर्न बाँकी छ । बंगलादेशमा सवैका लागि शिक्षा कार्यक्रम लागु भएको छ । महिलाका लागि शिक्षाका धेरै अवसर उपलब्ध गराइएको छ ।
26th November, 2014 10:45
हसिना सार्क क्षेत्रकी एक मात्र महिला सरकार प्रमुख हुन् ।
26th November, 2014 10:40
अफगानिस्तानमा भौतिक पूर्वाधारका लागि धेरै काम गर्नुपर्नेछ । म लगानीकर्तालाई अफगानिस्तानमा आमन्त्रण गर्न चाहन्छु ।
26th November, 2014 10:38
दक्षिण एसियामा महिलाको प्रतिनिधित्व बनाउनु, समावेशी राज्य प्रणालीलाई बढोत्तरी गर्नुपर्ने अवस्था छ ।
26th November, 2014 10:31
अफगानिस्तानका राष्ट्रपति असरफ घानीको सम्बोधन सुरु भएको छ । दक्षिण एसियामा नै उनी बौद्धिक राजनीतिज्ञ मानिन्छन् ।
26th November, 2014 10:28
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षको सम्बोधन सकिएको छ । उनले अलिखित सम्बोधन गरे ।
26th November, 2014 10:26
श्रीलंकाका राष्ट्रपतिले नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै आफू प्रेरित भएको बताए ।
26th November, 2014 10:20
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले सार्क क्षेत्रमा जलवायु परिवर्तनको एजेन्डा महत्त्वपूर्ण रहेको बताउँदै सवै राष्ट्रले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले यस क्षेत्रमा रहेका युवाहरुलाई प्रविधिको क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
26th November, 2014 10:17
उनले गरिवी निवारणका लागि सार्कले काम गर्नुपर्ने बताए । उनले ग्रामीण क्षेत्रको विकासका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
26th November, 2014 10:13
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले सम्बोधन सुरु गरेका छन् ।
26th November, 2014 10:07
मो. नवाज सरिफले १९ औं शिखर सम्मेलन इस्लामावादमा गर्न तयार रहेको बताएका छन् ।
26th November, 2014 10:07
पाकिस्तानका प्रधानमन्त्रीले दक्षिण एसियामा पुरानो र नयाँ प्रजातान्त्रिक मुलुकहरु रहेको बताउँदै उनीहरुले विकास र समृद्धिका लागि अघि बढिरहेको बताए ।
26th November, 2014 10:03
पाकिस्तान सरकार प्रमुखका हैसियतले दक्षिण एसियाली राष्ट्रहरुको सहयोगको प्रतिबद्धता जनाएका छन्, सरिफले ।
26th November, 2014 09:59
सरकार/राष्ट्र प्रमुखहरुको सम्बोधन सुरु भएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सम्बोधन गरेका छन् ।
26th November, 2014 09:56
प्रधानमन्त्री कोइरालाले सफतापूर्वक सार्कको नेतृत्व गरेकोमा माल्दिभ्सका राष्ट्रपति अब्दुला आमिनलाई धन्यवाद दिएका छन् ।
26th November, 2014 09:54
प्रधानमन्त्री सुशील कोइरालाले १८ औं सार्क शिखर सम्मेलनको अध्यक्षता ग्रहण गरेका छन् । माल्दिभ्सका राष्ट्रपति अब्दुला आमिनले अध्यक्षता ग्रहणका लागि कोइरालालाई आग्रह गरेका थिए ।
26th November, 2014 09:54
प्रधानमन्त्री कोइरालाले 'जय सार्क, जय नेपाल' भन्दै उदघाटन मन्तव्य टुंग्याएका छन् ।
26th November, 2014 09:51
कोइरालाले सार्कलाई शक्तिशाली र अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिएका छन् ।
26th November, 2014 09:50
प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलनमा सम्बोधन गर्दा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिएका छन् ।
26th November, 2014 09:48
प्रधानमन्त्री कोइरालाले सार्क क्षेत्र धेरै सम्भावनाका क्षेत्र रहेको बताए । उनले सार्क क्षेत्रमा प्रजातन्त्र संस्थागत हुनेक्रममा रहेको उल्लेख गरे ।
26th November, 2014 09:39
प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन सम्बोधन सुरु गरेका छन् ।
26th November, 2014 09:36
प्रधानमन्त्री सुशील कोइरालालाई सम्मेलनको समुदघाटन गर्न माल्दिभ्सका राष्ट्रपति अब्दुला आमिनले अनुरोध गरेका छन् । प्रधानमन्त्री कोइरालाले सम्मेलन पानसमा बत्ती बालेर उदघाटन गरेका छन् ।
26th November, 2014 09:34
माल्दिभ्सका राष्ट्रपति अब्दुला आमिनले १८ औं सार्क शिखर सम्मेलनको अध्यक्षता गरेका छन् ।
26th November, 2014 09:32
नेपालको राष्ट्रिय गान बज्न सुरु भएको छ ।
26th November, 2014 09:30
राष्ट्र/सरकार प्रमुखले आसन ग्रहण गर्न सुरु गरेका छन् ।
26th November, 2014 09:29

Other Events